पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

याङनाम गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबलाई

फिदिमले आयोजक याङनाम फुटबल क्लबलाई २–० पराजित गर्दै उपाधि हात पारेको हो ।


मंगल बेघा । फिदिम

फिदिम नगरपालिका १० याङनाममा शनिबार सम्पन्न प्रथम याङनाम गोल्डकप फुटवल प्रतियोगिताको उपाधि फिदिम स्पोर्टिङ क्लबले हात पारेको छ । फाइनल खेलमा फिदिमले आयोजक याङनाम फुटबल क्लबलाई २–० पराजित गर्दै उपाधि हात पारेको हो ।
याङनाम खलङगाटार स्थित इमानसिङ रङ्गशालामा सम्पन्न खेलमा फिदिमलाई जित दिलाउन नवराज गुरुङ र मिराक लिम्बूले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफ बराबरीमा टुङ्ग्याएको आयोजकले दोस्रो हाफमा फिदिमलाई रोक्न नसक्दा उपविजेतामा चित्त बुझायो ।
उपाधि विजेता फिदिमले १ लाख १ हजार १ सय १ रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्यो । उपविजेता बनेको आयोजक याङनामले ५० हजार ५ सय ५ नगद, ट्रफी र मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दी म्याच बनेका फिदिमका नवराज गुरुङले नगद १ हजार र मेडल पाए । गोल्डकपमा उत्कृष्ट गोलरक्षक चुनिएका फिदिमका सुरेश गुरुङले नगद ३ हजार र ट्रफी पाए । उत्कृष्ट रक्षक फिदिमकै मनिष क्षेत्री घोषित हुँदै नगद ३ हजार र ट्रफी पाए । यसैगरी, उत्कृष्ट खेलाडी आयोजकका प्रविण जवेगु घोषित भए । उनले नगद ३ हजार ५ सय र ट्रफी प्राप्त गरे । गोल्डकपमा ४ गोल गरेका हिलिहाङका जमिन लिम्बू सर्वाधिक गोलकर्ता बन्दै नगद ३ हजार र ट्रफी हात पारे ।
प्रतियोगितामा पाँचथर जिल्लाका १२ वटा टिमले सहभागिता रहेको आयोजक क्बलका अध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
यसैगरी, फाईनल खेलको पूर्व सन्ध्यामा फिदिम स्पोटिङ क्लब र याङनाम स्पोटिङ क्लबका भेट्रान खेलाडीबीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । खेलमा दुवैले १–१ गोल गरी बराबरीमा टुङग्याएका थिए । पाहुना टोली फिदिमलाई आयोजकले उपाधी स्वरुप खशी प्रदान गरेको थियो ।


तस्विर सौजन्य– उपेन्द्र श्रेष्ठ


प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : २७ बजे