पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


मंगल बेघा

पाँचथर । याङवरक गाउँपालिका १ स्थित च्याङथापुमा वैशाख १ गते लामपोखरी लालीगुराँस महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर १ नं. वडा कार्यालयले महोत्सव आयोजना गर्न लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी सुकेढाप लामपोखरीमा महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा आउने पर्यटकले विभिन्न प्रजातिका लालीगुराँस, रमणीय पोखरी, जीवजन्तु, चराचुरुङ्गी तथा जडिबुटिको समेत अवलोकन गर्न सक्ने स्थानीय विश्वेश्वर बेघाले बताए । कार्यक्रममा स्थानीय उत्पादनहरुको समेत विक्रि वितरण गरिने उनकाे भनाई छ।
महोत्सवमा पाँचथर र ताप्लेजुङ जिल्लाका साथै भारतको सिक्किमका पर्यटकहरु उपस्थित हुने वडा नं. १ का वडाअध्यक्ष राजेन्द्र राईले जानकारी दिएका छन । सो अवसरमा विभिन्न जातजातिको झाँकी सहित साँस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ।
सो स्थानमा विगत वर्षहरुमा समेत महोत्सव आयोजना हुँदै आएको थियो । कार्यक्रमवाट सो स्थानका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा टेवा पुगेको आयोजकको दावी रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ०१ बजे