पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा। नयाँ वर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडामा जारी नकआउट खुल्ला फूट्बल प्रतियोगिताको शनिवारको खेलबाट महिलातर्फ न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागु र चोलुङ क्लव याङनाम फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको सेमीफाइनल खेलमा नेपाल पुलिस क्लव याङ्नामलाई ४–० गोलअन्तरले पाखा लगाउँदै न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागु फाइनलमा प्रवेश गरेको हो । यस्तै खेलतालिका अनुसार महिलातर्फकै आज हुने भनिएको अन्तिम सेमीफाइनल खेलमा आठराइ छथर अनुपस्थित भएछि चोलुङ क्लव याङ्नाम स्वतः बिजेता बन्दै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।
आजको पुरुष तर्फको पहिलो सेमीफाइनल खेलमा ट्राइबेकरबाट प्रतिस्पर्धी टु स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङलाई पाखा लगाउँदै नेपाल पुलिस क्लव पाँचथर फाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लव पाँचथरले भोलि हुने अन्तिम सेमिफाइनल खेलका प्रतिस्पर्धी नानेक्स युवा क्लव फिदिम र कट्टाडाँगी स्पोर्टिङ क्लव झापाबिचका विजेतासँग बैशाख ४ गते फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनााएको छ ।
पुरुषतर्फ नानेक्स युवाक्लव फिदिम र कट्टाडाँगी स्पोर्टिङ क्लव झापाबिच भोलि दिउँसो १ बजे अन्तिम सेमीपाmइनल खेलहुने आयोजक तिजोक यूवा क्लवका सचिव कुबेर आङ्देम्बेले जानकारी दिएका छन ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन भइरहेको फुट्बल प्रतियोगिता २०८० बैशाख ४ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : ४७ बजे