पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा । नयाँ वर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडामा जारी नकआउट खुल्ला फूट्बल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।

 आजको पुरुष तर्फको फुट्बल खेलमा जोरमाइ एफ.सी.झापालाई  ४–० गोलअन्तरले पाखा लगाउँदै नेपाल पुलिस क्लव पाँचथर विजयी बनेको छ । यस्तै अर्को खेलमा न्यू स्टार क्लव मोरङलाई ट्राइबेकरबाट हराउँदै नानेक्स युवाक्लव फिदिमले पनि सेमी फाइनलको यात्रा तय गरेको छ  । निर्धारित समयमा दुवैटिमबाट २र२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

 यस्तै खेल तालिका अनुसार आज हुने भनिएको महिलातर्फको फुट्बल खेलमा टुस्टार ग्रामिण सिर्जनशील क्लव इम्बूङ अनुपस्थित भएपछि चोलुङ क्लव याङ्नाम स्वतः विजेता बनेको छ ।

 प्रतियोगिता अन्तर्गत भोलिको महिलातर्फको  पहिलो खेल नेपाल पुलिस क्लव पाँचथर र न्यू पाथीभरा क्लव चोकमागुबिच बिहान ८ बजदेखिे खेल सञ्चालन गरिने आयोजक तिजोक यूवा क्लवका सचिव कुबेर आङ्देम्बेले दिएका छन् ।

  सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन भइरहेको फुट्बल प्रतियोगिता  २०८० बैशाख ४ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ९ : २१ बजे