पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नयाँ वर्षको अवसरमा नवमीडाँडामा नकआउट खुल्ला फुटबल प्रतियोगिता हुदै

नकआउट खुल्ला पुरुष तथा महिला फूटबल प्रतियोगिता सञ्चालन हुदै


दिपक दुलाल

नवमीडाँडा । नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमीडाँडामा नकआउट खुल्ला पुरुष तथा महिला फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नयाँवर्षको अवसर पारेर तिजोक यूवाक्लव नवमीडाँडाले विगत लामो समयदेखि सञ्चालन गर्दै आएको फूटबल प्रतियोगिता यसवर्ष २०७९ चैत २९ गतेदेखि शुरु भइ २०८० बैशाख ४ गतेसम्म सञ्चालन हुने भएको हो ।
यसवर्षको पुरुष फूटबल प्रतियोगिताको बिजेताले १ लाख २० हजार रुपैयाँ र उपबिजेताले ७० हजार रुपैया नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । यस्तै महिला फूटबल प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन हुने खेलको पुरुष फूटबल प्रतियोगितामा पाँचथर जिल्ला र जिल्ला बाहिरका प्रतिष्ठित क्लवका ८ ओटा टिम र महिला फूटबल प्रतियोगितामा ४ टिमलाई सहभागि गराउँने तिजोक यूवाक्लवका अध्यक्ष हेमराज आङ्देम्बेले दिएका छन।
स्थानिय सरकार, विभिन्न संघसंस्था,स्थानिय समाजसेवी,बुद्धिजिवी, व्यवसायीहरु तथा देशविदेशमा रहेका दाता महानुभावहरु तथा सहयोगी हातहरुबाट आर्थिक सहयोग संकलन गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
२०८० साल बैशाख ३ गते राष्ट्रिय कलाकारहरु मेलिना राई,पदम राई,साहिल लिम्बू लगायतको प्रस्तुती र स्थानिय कलाकारहरुको साथमा बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम समेत सञ्चालन गरिने आयोजक क्लवका सचिव कुबेर आङदेम्बेले जानकारी दिए । २०८० बैशाख २, ३ र ४ गते नवमीडाँडा बजारमा नयाँवर्ष मेलाको पनि आयोजना गरिएको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ४६ बजे