पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

छैठौं चौंरी पर्यटन महोत्सव चैत्र ३० गते देखि

महोत्सवमा चौरी र यसका उत्पादन, साँस्कृतिक झाँकीको प्रदर्शन र फुटबल खेल हुने


मंगल बेघा
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ४ स्थित चाररातेमा आगामी चैत्र ३० गतेदेखि छैठौं चौंरी पर्यटन महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिका मूख्य आयोजक, फालेलुङ कञ्चनजंघा पर्या – पर्यटन प्रबर्द्धन संस्था, दीपज्योती युवा क्लब र कञ्चनजंघा चौरी पालन तथा संरक्षण संस्था आयोजक रही महोत्सव सञ्चालन गर्न लागिएको हो ।
आयोजक संस्थाले सोमबार फिदिममा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव बारे जानकारी गराएकाे छ । आगामि वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा चौरी र यसका उत्पादन, साँस्कृतिक झाँकीको प्रदर्शन र फुटबल खेल समेत आयोजना गरिने आयोजकले जनाएका छन ।


पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनी सँगै चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने आयोजकले जनाएका छन् । महोत्सवमा चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउने वस्तु राखिनेछन् भने साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । यस अवसरमा फुटबल खेल पनि आयोजना गरिने आयोजक संस्था फालेलुङ कञ्चनजंघा पर्या – पर्यटन प्रबर्द्धन संस्थाका अध्यक्ष डिल्ली केरुङले बताए ।
महोत्सवमा आन्तरिक र बाह्य गरी २ हजार भन्दा वढि पर्यटकहरु भित्राउने लक्ष राखिएको आयोजक संस्था दिपज्योति यूवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । नेपालका साथै भारतको पस्चिमबंगाल, कोलकत्ता, पञ्जाव तथा भुटान लगायतका देशहरुवाट पर्यटकहरु महोत्सवमा सहभागि हुने अपेक्षा गरिएको उनकाे भनाई छ ।
पर्यटन प्रवद्धन मार्फत स्थानीय उत्पादनको वजारीकरण र आयआर्जन वढाउन महोत्सव आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे बताउछन् ।

तस्विर सौजन्य– डिल्ली केरुङ

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ५ : ५५ बजे