पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
पाँचथर । फिदिम नपा– १० याङनाम स्थित इमानसिङ रङ्गशालामा चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म आयोजना हुने प्रथम याङनाम गोल्ड कपको खेल तालिका सनिवार सार्वजनिक गरिएको छ ।


प्रतियोगिताको आयोजक संस्था याङनाम स्पिोटिङ क्लबले विहिबार पत्रकार सम्मेलन गरी सो सम्बन्धी जानकारी दिएको हो । प्रतियोगितका विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका अध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा आयोजक सहित कुल १२ टिमको सहभागिता रहने छन् । प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, मनापजुम यलम्बर युवा क्लब फिदिम ११, नेपाल मगर संघ बिहिदिन, कुम्मायक गाउँपालिका, आनी साक्थिम यूवा क्लब र शान्तिदिप यूवा क्बल, फिदिम १३ सहागिता रहनेछ । यसैगरी, नवसुसेली क्बल फालेलुङ ३, नुमाफुङ यूवा क्लब थर्पु, ब्याईज यूनियन क्बल, फालेलुङ ७, फिदिम स्पोटिङ क्बल र सिर्जना यूवा क्बल हिलिहाङको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ५२ बजे