पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


दिपक दुलाल
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पालिका स्तरीय समावेशी बालक्लव गठन तथा माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं.१, विराटनगर नेपाल अन्तर्गत करुणा फाउण्डेसन नेपालको सहयोग तथा फाल्गुनन्द गाउँपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत हाजिरीजवाफ तथा बालक्लव गठन कार्यक्रम सञ्चालन गरिएको हो ।
फाल्गुनन्द गाउँपालिका भित्रका ८ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा सारताप मावि सारताप प्रथम,घुर्विसे पञ्चमी मावि द्धितीय र सिद्धदेवी मावि नवमीडाँडा तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थिहरु क्रमशः ५ हजार,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागी भएका सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरुलाई सन्त्वना पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्वाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यस्तै सोहि कार्यक्रमबाट फाल्गुनन्द गाउँपालिकाका सबै वडाका बालबालिकाहरुलाई समेटेर १३ सदस्यीय पालिकास्तरीय समावेशी बालक्लव पनि गठन गरिएको छ । मिलन फेजोङको अध्यक्षतामा गठित बालक्लवको उपाध्यक्षमा मनिता श्रेष्ठ,सचिवमा पुजन रिजाल,सह सचिवमा मनिषा सञ्जेल र कोषाध्यक्षमा रिम्पल आङ्देम्बे चयन भएका छन् । कार्यक्रम फाल्गुनन्द गाउँपालिकाको कार्यालय घुर्विसेपञ्चमीको प्राङ्गणमा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : १९ बजे