पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा फाल्गुनन्द १,नवमीडाँडाका विद्यालयहरुबिच हाजिरिजवाफ,चित्रकला तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिका १ नं. वडाकार्यालय,नवमीडाँडाको आर्थिक सहयोग र सिद्धेश्वरी मावि सुर्केनागीको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फाल्गुनन्द १,नवमीडाँडाका सामुदायिक तथा संस्थागत गरी ८ ओटा विद्यालयहरुबिच भएको आधारभूत तह(कक्षा १–५)स्तरीय हाजिरिजवाफ प्रतियोगितामा नलेज बोर्डिङ इङ्लिस् स्कूल प्रथम,सिद्धेश्वरी मावि सुर्केनागी द्धितिय र सिद्धेदेवी मावि नवमीडाँडा तृतिय भएका छन् ।
यसैगरी आधारभूत तह(कक्षा ६–८)स्तरीय नृत्य प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडाकी आरती तामाङको समूह प्रथम, सोहि विद्यालयका सोनाम तामाङको समूह द्धितिय र सिद्धेश्वरी माविका सांयोग नेम्वाङको समूह तृतिय भएका छन् ।
यस्तै मावि तह(कक्षा ९–१०) स्तरीय चित्रकला प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडाका सुवास चेम्जोङ प्रथम,सिद्धेश्वरी माविका महन नेम्वाङ द्धितिय र सिद्धेश्वरीकै वर्षा नेम्वाङ तृतिय भएका छन् ।
हाजिरिजवाफ,नृत्य तथा चित्रकला प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी प्रतियोगतामा सहभागि सम्पूर्ण विद्यालयहरुलाई मायाको चिनो उपहार तथा प्रशंसापत्र समेत प्रदान गरिएको सो विद्यालयले जनाएको छ ।
कार्यक्रममा फाल्गुनन्द १ नवमीडाँडाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु,स्थानिय समाजसेवी बुद्धिजिवी,विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु,अभिभावकहरु,विभिन्न विद्यालयका विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१,का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको प्रमूख आतिथ्यता,वडासचिव प्रदिप थापाको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ४९ बजे