पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम नगरपालिका वडा नं.७ रानिटारमा महिलाहरुका लागी क्षमता विकास सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । फिदिम नगरपालिका ७ नम्बर वडा कार्यलयको आयोजनामा सोमबार र मंगलबार तालिम सम्पन्न भएको हो । तालिममा वडाका २५ जना क्रियाशिल अगुवा महिलाहरुको सहभागीता रहेको थियो ।

महिलाहरुको क्षमता एवं नेतृत्व विकासका लागि महिला अधिकार, संघ, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्वको ब्यवस्था, स्थानिय तहको संरचना र शासकिय स्वरुप, मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितामा महिलाका कानूनी प्रावधान लगायतका विषयमा ज्ञान दिने उद्देश्यले सहजकर्ता युधिष्ठिरराज आमगाईले सहजीकरण गरेका हुन ।

वडा सदस्य प्रदिप बॉस्कोटा को अध्यक्षतामा सम्पन्न सो तालिम समापन समारोहमा सहजकर्ता आमगाई,वडा सदस्य मन्जु धमला, कालिका कृषी सहकारी संस्थाका अध्यक्ष ग्यनाथ बॉस्कोटा, हरियाली सामुदायिक विकास केन्द्रका अध्यक्ष रामप्रसाद बॉस्कोटाले मन्तब्य राखेका थिए । वडा सदस्य भीमा कुमारी दुलाल(बॉस्कोटा) ले संचालन गरेको सो समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाइ ब्यवहारमा लागु गर्न आग्रह गर्दै महिलाहरुको आयआर्जन वृद्दि गर्ने कार्यक्रम गर्न वडा कार्यालयलाइ आग्रह गरेका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ०२ बजे