पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

‘अमर नेम्बाङ लिम्बु स्मृति स्रस्टा सम्मान पुरस्कार’ श्रवण मुकारुङ र प्रेम ओझालाई

जिल्लाकै सार्वधिक ठूलो राशिको साहित्यक पुरस्कार यस बर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ‍ओझालाई


युधिष्ठिरराज आमगाई
फिदिम । पाँचथर जिल्लामा स्थापित जिल्लाकै सार्वधिक ठूलो राशिको साहित्यिक पुरस्कार यस बर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ‍ओझालाई प्रदान गरिएको छ ।
२०७५ सालमा दिवंगत हुनु भएका पाँचथरका साहित्यकार, राजनीतिज्ञ तथा विशिष्ट समाजसेवी स्व. अमर नेम्बाङ लिम्बुको स्मृतिमा वितरण गरिदै आएको पुरस्कारबाट मुकारुङ र ओझा सम्मानित एवं पुरस्कृत हुनु भएको हो । सम्मानित स्रस्टाहरुलाई सम्मान-पत्रका साथ जनहि ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
विहिवार दिउसो सदरमुकाम फिदिममा अमर लिम्बु स्मृति प्रतिष्ठानले ‘चौंथो स्मृति दिवस, स्रस्टा सम्मान, पुस्तक लोकार्पण समारोह-२०७९ एवं छात्रावृति एवं राहात वितरण कार्यक्रम’ सम्पन्न गरेको छ ।
२०२५ साल जेष्ठ २६ गते भोजपुरको टेम्केमा जन्मनु भएका मुकारुङ गितकार र कविको रुपमा परिचित नाम हो । उनि राष्ट्रिय ब्यक्तित्व हुन् । २०६२ / ०६३ को जन आन्दोलनमा सर्जक र स्रस्टाको नेतृत्व गरेका मुकारुङ समावेशि लोकतन्त्रका लागि आफुहरुले ति दिनमा सडक सघर्षमा आउनु परेको आफ्नो मन्तब्यमा स्मरण गरेका छन । सम्मानित स्रस्टा मुकारुङले, ‘राष्ट्र संकटमा पुगेका वेला साहित्यकार देखि जो कोही नागरिक सडक देखिनै आवाज उठाउनु नागरिकको मुख्य कर्तब्य भएको बताए ।’
सम्मानित ब्यक्तित्व प्रेम ओझा मोफसलमा बसेर साहित्यको साधना गर्ने एक कवि, गजलकार र लेखक हुन्। बहुविधाका धनि उनि पेशाले कन्चनजङ्गा एकेडेमी प्लस टु का प्राचार्य हुन । कार्यक्रममा शुभकामना एवं बधाई ज्ञापन गर्नेहरुले उनलाई जिल्लामा परिचय गराउनु जरुर नभएको बताए । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य भिष्मराज आङदेम्बेको भनाईमा ‘प्रेम सवै क्षेत्रका अगुवा रहेको, उहाँका सृजना र क्रियाशिलता जिल्लाको लागि उदाहरणिय भएको जिल्लाबासीले महशुस गरेको छ ।’

कार्यक्रममा समदर्शि काईलाको ‘नयाँ ईश्वरको अवतार-कवि’ कविता सग्रह लोकार्पण भएको छ । उनको कविता संग्रह रेडपान्डा प्रकाशनका लागि चन्द्रकला लावतीद्वारा प्रकाशित कृति हो । उनि प्रयोगधर्मि कविका रुपमा परिचित स्रस्टा हुन । उनि वहुरङगबादका प्रवर्तक हुन । उनका यस अगि ४ कृतिहरु प्रकाशित भई सकेका छन । उनको निक्कै चर्चामा रहेको ‘म अमेजन उकालो बग्छु’ शिर्षकको लामो कविता एमफिलको सन्दर्भ सामाग्रीको रुपमा समेत पढाई हुन्छ । उनि मोफसलमा बसेर प्रयोगशिल सिर्जनाकर्ममा रमाईरहेका नेपाली साहित्यमा राम्रो सम्भावना बोकेका कवि प्रतिभा हुन ।

समदर्शि काईलाको ‘नयाँ ईश्वरको अवतार-कवि’ कविता सग्रह सामूहिक लोकार्पण गरिदै।


कृतिका समिक्षक पाँचथर बहुमुखि क्याम्पसका उप- प्राध्यापक खड्गनारायण आङदेम्बे भन्छन् , ‘समदर्शि काईला कविताको नयाँ प्रयोगबादी हुन । उम्दा कविताका सर्जकको नयाँ प्रयोगले साहित्यको कविता विधामा उच्च स्थान प्राप्त गरेको छ, यो कृतिले ।’
साहित्यकार हाङयुङ अज्ञातले साहित्यकार, राजनीतिज्ञ तथा विशिष्ट समाजसेवी स्व. अमर नेम्बाङ लिम्बुको ब्यक्तित्व चर्चा गरेका थिए भने सम्मानित ब्यक्तित्व श्रवण मुकारुङ र प्रेम ‌ओझाको ब्यक्तित्व चर्चा क्रमशः साहित्यकार मुनाराज शेर्मा र कृष्ण बरालले गरेका थिए ।
स्मृति दिवसको अवसरमा फाल्गुनन्द गाँउपालिका स्थित जयनारायण आदर्श माध्यमिक विद्यालयका जेहेन्दार छात्रा भूमिका सेन्दाङलाई प्रसंशा पत्र सहित नगद १० हजार प्रदान गरिएको छ ।
कार्यक्रममा गत बर्ष र यस बर्ष जिल्लाका विभिन्न स्थानमा दैवि प्रकोपबाट पिडित परिवारका सदस्य एवं अविभावकलाई राहात प्रदान गरिएको छ । फिदिम नगरपालिका वडा नं.०४ मा गत बर्ष पहिरोबाट मृत्यू हुनुभएका ममता यवा मगरको परिवारलाई, फिदिम नगरपालिका वडा नं.१३ मा आगलागिबाट मृत्यु हुनु भएको सुकमति नेम्बाङको परिवारलाई, फिदिम नगरपालिका ०८, रानिटारमा आगलागिबाट मृत्यु हुनु भएको आसाङ थेवे गुरुङको परिवारलाई, फालेलुङ गाँउपालिका वाड नं. ०७ का वाढिपिडित गोमादेवी दर्लामी मगरको परिवारलाई प्रति परिवार रु १० हजार नगद राहात उपलब्ध गराईएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा मधुराज केरुङले संचालन गरेका थिए ।
२०७६ साल देखि प्रतिष्ठानले नेम्बाङको बार्षिक स्मृतिमा पुरस्कार र सम्मान गर्दै आएको छ । अगिका बर्षहरुमा साहित्यकार एवं स्रस्टा डा. देवी क्षेत्री दुलाल,मुनाराज शेर्मा, प्रा.डा. गोविन्दराज भट्टराई, विर नेम्बाङ, विना थिङ र शारदा सुब्वालाई प्रदान गरेको थियो ।

‘चौंथो स्मृति दिवस, स्रस्टा सम्मान, पुस्तक लोकार्पण समारोह-२०७९ एवं छात्रावृति एवं राहात वितरण कार्यक्रम’

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : १५ बजे