पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो
फिदिम । पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा १५ वटा झोलुङ्गे पुल निमाणधिन रहेका छन् । एक नम्बर प्रदेश सरकारको आर्थिक सहयोग तथा पूवार्धार विकास कार्यालय पाँचथरको तत्वाधानमा पुल बनाइदै गरेको हो ।
चालु आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताए । पाँचथरमा १० वटा र ताप्लेजुङमा ५ वटा बनाइदै गरेको उहाँको भनाई छ ।

ताप्लेजुङको सिदिङ्बा गापा र पाँचथरको याङ्वरक गापा जोड्ने कालीखोलामा पूर्वाधार विकास कार्यालयकै तत्वाधानमा निर्मित झोलुङ्गे पुल ।

पाँचथरको फिदिम नगरपालिकामा भर्याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा पुल निर्माण भइरहेको हो ,। त्यसैगरि फालेलुङ गाँउपालिकामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्लि पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटार नामका पुल बनिरहेको छ । यहाँकै दक्षिणी मिक्लाजुङ गापाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटे पुच्छरमा पुल बन्दै गरको हो ।

ताप्लेजुङ अन्तर्गत फूङ्लिङ नपाका ओठे थवाङ र निकाश खोलामा बनाइदै छ । यसै जिल्लाको मेरिङ्देन गापाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गापाको हेल्लोक र मेन्देवा खोलामा निर्माणधिन रहेको जनाइएको छ । गत वर्ष ताप्लेजुङको सिदिङ्बा गापा र पाँचथरको याङ्वरक गापा जोड्ने कालीखोलामा पूर्वाधार विकास कार्यालयकै तत्वाधानमा झोलुङ्गे पुल बनाइ सकिएको छ ।
पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लाग्ने अनुमान छ । स्थानीय उपभोक्ता समितिहरुसंगको सहकार्यमा पुल बन्ने क्रममा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस क्षेत्रमा निर्माण हुने पुलले हजारौ ग्रामिणवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । पुलले वारिपारि रहेका गाउँविचको आवागमनमा सहजिकरण बढाइ दिने हुनाले यसले सामाजिक सम्बन्धहरु थप मजबुत बनाउनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : १४ बजे