पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । फिदिम नगरपालिका वडा नं. १३ फेजुङ गैरीगाँउकि ९२ वर्षीया वृद्धा सुक्मती नेम्वाङको घरमा सुतिरहेको अवस्थामा आगोमा जलेर मृत्यु भएको छ ।

बुधबार बिहान ७ः३० बजे घरभित्र सुतिरहेको ठाउँमा उनि जलेको पाँचथर प्रहरीले जनाएको छ । छिमेकीले वृद्धा सुक्मतीको घरबाट धुवाँ निस्किएको देखेपछि रानिटार अस्थायी प्रहरी चौकीलाई सुचना दिएका थिए । लगैत्तै, प्रहरीको टोली घटनास्थल पुगि हेर्दा अगेनो छेउमा सुतिरहेको अवस्थामा कपडामा आगो सल्किएर जलेको प्रहरीको अनुमान छ ।
पाँचथर प्रहरी प्रमुख हरि खतिवडाका अनुसार घरभित्र वृद्धा जलेको र घर भने नजलेको बताए । वृद्धा सुक्मती घरमा एक्लै बस्दै आएकी थिइन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : ०० बजे