पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ ।
विद्यालयमा सोमबार बसेको अभिभावकहरुको भेलाले गोपाल लुइँटेलको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा दिलेन्द्र नेम्वाङ, गोलमान मिखोक्पा, सुष्मा धमला, रेणुका दुलाल र जयधर्म चापागाई. चयन गरेको छ । यसैगरी जननिर्वाचित प्रतिनिधिबाट वडाध्यक्ष होम प्रसाद आङ्देम्बे तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद दुलाल स्वत रहने प्रावधान भएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुको सोहि भेलाले ठाकुर चापागाईंको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ समेत सर्वसहमत चयन गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : ४९ बजे