पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो
फिदिम । भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्य अनुसार पाँचथर जिल्लाको सदरमुकाम क्षेत्र समेत रहेको फिदिम नगरपालिकाको भू-उपयोग योजना निर्माण सम्पन्न भएको छ । यो योजना अन्तर्गत नगरको जग्गाको बैज्ञानिक बर्गिकरण गरिएको छ । चौध वडामा विभfजित १ सय ९२ दशमलब ५० वर्ग किलो मिटर क्षेत्रफल रहेको फिदिमको कृषि र गैर कृषि क्षेत्र छुट्याएर भूमि वर्गीकरण गरिएको हो ।
राष्ट्रिय भूउपयोग नीति २०७२ तत् सम्बन्धि ऐन २०७६ को दफा ४ को उपदफा १ र नियमावली २०७९ को नियम ८ को ब्यवस्था अनुसार फिदिम नपाले जग्गा वर्गीकरण गरेको जनाएको छ । नगरको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता र मौजुदा उपयोग र आवश्यकताको आधारमा जग्गाको वर्गीकरण गरिएको उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । यहाँको आवास, व्यावसायिक, औद्योगिक, वन, खानी÷खनिज, सार्वजनिक क्षेत्र बाहेकका भू–भागलाई गैर कृषि क्षेत्रको रुपमा तोकिएको छ । त्यसैगरी नदि,खोला,सिमसार, साँस्कृतिक,पुरातात्विक, पर्यटकीय गन्तव्य र जोखिम क्षेत्रलाई पनि गैर कृषि क्षेत्र मानेर बाँकी भूमि खेतीयोग्यको रुपमा छुट्याइएको छ ।
वडागत हिसावले कृषि र गैर कृषि क्षेत्र छुट्याइएको हो । उपप्रमुख न्यौपानेको संयोजकत्वमा बनेको जग्गा वर्गीकरण कार्यदलले नगरपालिकाको भू–उपयोगको योजना समेत तय गर्दै भूमि वर्गीकरण गरेको हो । सहजकर्ताको रुपमा केही समय अगि निबृत मालपोत कार्यालय पाँचथर प्रमुख बाबुराम पोख्रेल समेत सदस्य रहनु भएको कार्यदलले भू–उपयोगको सिमा र सर्तहरुको पनि व्यवस्था गरेको जनाइएको छ । कार्यदलबाट पेस भएर नगर प्रमुख मित्रप्रसाद काफ्ले नेतृत्वको भूउपयोग परिषदबाट जग्गा वर्गीकरण योजना नीतिगत रुपमा पास भएको उपप्रमुख न्यौपानेले बताए । भूमिको क्षेत्रगत हिसावले नापी कार्यालयबाट सिमाङ्कन र नक्साङ्कन भएपछिे वर्गीकरण प्रक्रियाले प्राविधिक रुपमा पूर्णता पाउने बुझिएको छ । यसरी भूउपयोग योजना निर्माण सम्पन्न गर्ने फिदिम नगरपालिका जिल्लाको पहिलो स्थानीय तह हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : १८ बजे