पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो
फिदिम । पाँचथरका नव निर्वाचित प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अहिले आफ्ना मतदाताहरु माझ पुगेर खुसी साटासाट गर्दै छन । यस क्रममा उहाँले आफूलाई जिताउने सवैप्रति आभार प्रकट गर्दै मतदाताले आफूमाथि राखेको विश्वास र भरोसा कदापि टुट्न नदिने बताइरहेका छन ।

नेम्बाङले पाँचथरको विकास र समृद्धिका लागि आफूलाई पूर्णरुपमा समर्पण गर्ने समाजिक सञ्जाल मार्फत प्रतिबद्धता नै व्यक्त गरेका छन । यस पल्ट नेपाल कम्युनिष्ठ पार्टी (एमाले) कोे तर्फबाट चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी नेम्बाङ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन । मन्त्री हुदा नेम्बाङले पाँचथरमा थुप्रै ठूला भौतिक पूर्वाधारका कामहरु बढाएका थिए । कतिपय अधुरो रहेका विकासका कामहरुलाई अवको दिनमा पूर्णता दिन लागि पर्ने पनि उहाँको भनाई छ । नेम्बाङले निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका काँग्रेस उम्मेद्वार भिष्मराज आङ्देम्बेलाई बत्तिस हजार १३५ मत प्राप्त गर्दै पराजित गरेका हुन । आङ्देम्बेको बत्तिस हजार ८९ मात्रै आयो । नेकपा एमालेका केन्द्रिय सदस्य नेम्बाङ २०४८, २०५६ र २०७४ मा पनि संघीय सांसद – प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
पाँचथरबाटै नवनिर्वाचित प्रदेशसभा (क) कमलप्रसाद जवेगु र (ख) बाट इन्द्रबहादुर आङबोको पनि जनभरोस टुट्न नदिने भनाइ छ । सत्ता गठबन्धनका तर्फबाट विजयी भएका नेकपा एकिकृत समाजबादीका जवेगुले समाजिक सञ्जालबाटै आफू जनअपेक्षा विपरित नलाग्ने बताएका छन । उनले सोह्र हजार ८४९ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मदेवार राजकुमार भण्डारीलाई पराजित गरेका हुन । भण्डारीलाई सोह्र हजार २१५ प्राप्त भएको थियो ।

त्यसैगरि आङबोले पनि निर्वाचनका दौरान आफूले व्यक्त गरेका वचतबद्धता पुरा गर्नमा प्रतिबद्ध रहेको ‘फेसबुक स्टाटस’ राखेका छन । सत्ता गठबन्धनबाट दोस्रो पटक प्रदेश सदस्य बनेकाआङ्बोले राजनैतिक पूर्वाग्रह नराखी पाँचथरको समृद्धिमा लाग्ने बताए । अघिल्लो पल्ट प्रदेश सदस्य विजयी भएर प्रदेश एक सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बो हाल बहालनै छन । मन्त्री भएपछि आङ्बोले पाँचथरको विकासको सम्बाहकको रुपमा चिनिने गरि काम पनि गरेका छन । माओवादी केन्द्रका केन्द्रिय सदस्य आङबोले यसपटक निटकत् प्रतिद्वन्द्वी एमाले उम्मेद्वार अइन्द्रसुन्दर नेम्बाङलाई पराजित गरेका हुन । आङ्बोको पन्ध्र हजार ६८५ र नेम्बाङको बाह्र हजार ६०९ मत आयो ।
नवनिर्वाचित सांसद नेम्बाङ, जवेगु र आङवोलाई समाजिक सञ्जाल मार्फत नै शुभचिन्तकले बधाईसहित शुभकामना दिएका छन् । दलगत स्वार्थभन्दा माथि उठेर भूमि र समाजले खोजेको सामाजिक न्यायको आकांक्षापूर्तिमा पनि लाग्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : १३ बजे