पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । मंशिर ०९ शुक्रबार मध्यराति २ बजेर २२ मिनेटमा पाँचथर जिल्लाको प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको अन्तिम मतगणना सकिएर ४७ मतको अन्तरमा विजयी घोषणा भएका नेकपा एमालेका वसन्त कुमार नेम्वाङको जित मंशिर १३ मंगलबार राति ९ बजेमात्र टुग्गो लागेको छ ।
उनले कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्वेलाई ४६ मतान्तरले पराजित गरेका छन । ०५ मंशिरमा बसेको सर्वदलिय बैठकमा यदि प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मत समानुपातिक तर्फको मतपेटिकामा भेटीएमा ति मतहरु समेत गणना हुने भन्ने आसयको निर्णय भएकोले निर्वाचनको सवै मतगणना सम्पन्न भए पछिमात्र विजयी भएको प्रमाण – पत्र आयोगले प्रदान गरेको हो ।
निर्वाचन ऐन र मतगणना निर्देशिका विपरित हुने भन्दै एमालेले प्रतिनिधिसभा प्रत्यक्ष तर्फको घोषणा गरि समानुपातिकको मत गणना हुन माग गरे पनि आयोगले स्थानीय सहमति अनुसार भएको निर्णय अनुसार मतगणना टुङ्ग्याएको हो ।
सत्तागठबन्धनले सो परिणाम अस्वीकार गर्दै समानुपातिकको बाकसभित्र पनि प्रत्यक्षका मतपत्र भेटिएको भन्दै सबै गणना सकिएपछि मात्र आधिकारिक घोषणा हुनुपर्ने माग राखेको थियो ।
पाँचथरमा आयोगले अन्य जिल्लाहरुमा भन्दा फरक विधिले समानुपातिकको गणना सकिएपछि मात्र निर्वाचन परिणामलाई सार्वजनिक गरेको छ ।
कांग्रेसले परिणाम उल्ट्याउन गरेको प्रयास असफल भएको छ । उसले परिणाम उल्ट्याउन स्थानीय सहमतिलाई आधार बनाएर आयोगलाई विजयी घोषणा नर्गन दबाव दीएको थियो ।
पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तकुमारले ३२ हजार १ सय १० मत पाएर जित्दा कांग्रेसका भीष्मराजले ३२ हजार ६३ मत पाएका थिए ।
समानुपातिकको मतपेटिकामा भेटीएको मत समेत गणना हुदाँ वसन्तले ३२ हजार १ सय ३५ मत प्राप्त गरि ४६ मतान्तरले विजयी भएका छन । निकटतम प्रतिस्पर्धि कांग्रेसका भीष्मराजले ३२ हजार उनानब्बे मत प्राप्त गरेका छन ।
समानुपातिकको बाकसमा भेटिएका मतमध्ये २६ मत रुख चिन्हमा २५ मत सूर्य चिन्हमा पाइएको छ । यसले वसन्तकुमारको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको हो ।
पाँचथरको प्रदेशसभा १ मा नेकपा एकिकृत समाजवादीका कमलप्रसाद जबेगु र प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार ईन्द्रबहादुर आङ्बो विजयी भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : १५ बजे