पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको मतगणना सोमबार दिउसोबाट शुरु गरिने भएको छ । विहान ११ वजे सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिएका छन । मत गणना फिदिम स्थित जिल्ला समन्वय समिति नजिकैको सिटी हलमा गर्ने तयारी गरिएको छ ।
आइतवार सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका १ सय ७७ वटै केन्द्रवाट मत पेटिका सदरमुकाम ल्याइएको हो ।
आयोगले उपलब्ध गराएको प्रारम्भिक जानकारी अनुसार पाँचथरमा ५४ प्रतिसत मत खसेको छ । प्रतिनिधि सभा सदस्य पदका लागि १ र प्रदेश सभा सदस्यका लाग २ वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मत मतदाता रहेकोमा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका विवरण प्रान्त भएको छ । जसमा पुरुष ३९ हजार ६ सय ३७ र महिला ३५ हजार २ सय ६१ ले मतदान गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०८ बजे