पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा पाँचथर फाल्गुनन्द गाउँपालिका – १ की १ सय १५ वर्षीया जेष्ठ नागरिक मनरानी आङ्देम्बेले मतदान गरेकि छिन । विक्रम सम्बत् १९ सय ६४ जेठ ११ गते जन्मिएकि मनरानी आङ्देम्बेका छोरा मनप्रसाद आङ्देम्बे मार्फत आफ्नो मत जाहेर गरेकि हुन ।


उनले फाल्गुनन्द गाउँपालिका वडा– १ तिर्तिरे आधारभूत विद्यालय (नर्कटे) मतदान केन्द्रमा पुगेर मतदान गरेकि हुन । उनलाई ६५ वर्षीय छोरा मनप्रसाद र उनका नातीहरुले करिब एक घण्टा टाढाबाट मतदान स्थलसम्म बोकेर पुर्याएका थिए । मतदाता परिचय पत्र नम्बर ०८१७३३९८ बाहक मनरानी हिड्डल र राम्ररी आँखा देख्न नसक्ने भएकिले छोरा मार्फत भोट जाहेर गरेकि मतदान केन्द्रका अधिकृत होमनाथ तिम्सिनाले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २९ बजे