पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो
फिदिम । नेपाली निर्माण समुहको नारी प्रधान लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायाङ्कन सम्पन्न भएको छ । भारत सिक्किमको लिम्बू परिवेशका विभिन्न रमणिय क्षेत्रमा लोजिमाको छायाङ्कन गरिएको निर्देशक सागर सुब्बाले बताए ।
रोमाञ्चक प्रेमकथाको माध्यमबाट लोपन्मुख लिम्बू भाषा लिपि प्रबद्र्धन हुनेगरि बनाइदै गरेको यो चलचित्र सत्तरी प्रतिशत लिम्बू भाषामा आधारित रहेको जनाइएकोछ ।

सागर केरुङको कथामा पाथीभरा च्यानल व्यानर तथा आशाहाङ आङ्बोको लगानीको लोजिमाको छायाङ्कन रविन्द्र बरालले गरेका हुन । यस चलचित्रको कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दिपक अधिकारी, नृत्य निर्देशक सुस्मा योङ्जन र श्रृङ्गारकर्मी नरेश खरेल हुन । माघे सक्रान्तिसम्ममा प्रदर्शनमा ल्याउनेगरि सम्पादन कक्षमा लैजाने तयारी भइरहेको लोजिमाको छायाङ्कन कात्तिक ३ गतेबाट थालिएको थियो । यस चलचित्रमा आशाहाङ आङ्बो, बिमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिवाङ लगायतको अभिनय रहेको छ । यसमा सिक्किमे कलाकारहरुको पनि अभिनय देख्न पाइने जनाइएको छ ।


प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  २ : ४० बजे