पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथी नवीन्द्र गुरुङको हत्या गरि फरार रहेका एक आरोपित व्यक्तिलाई विर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. १० का कुमार सुब्बा भन्ने कुमार आङदम्वे रहेका छन् । उनलाई काँकडभिट्टास्थित एक चिया दोकानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले बताए । फरार रहेका ती व्यक्तिलाई डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।
दसैँको नवमीको दिन तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर ताप्लेजुङ सिदिम्बा–४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या गरिएको थियो ।

हत्यामा संलग्न इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा वडा नं ११ स्थित ताप्लेजुङ – इलाम होटेलका सचालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटेलका स्टाफ २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटेलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया विमला राईलाई असोज २० गते नै पक्राउ गरी कानुनी कार्वाही अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए ।
होटेलको पहिलो तलामा होटेलका सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य, मृतक गुरुङ र कुमार सुब्बाबीच मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैँझगडा भएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : १३ बजे