पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको मिक्लाजुङ गाउपालिकाकि एक बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड १० का २८ वर्षीय सुमन राई रहेका छन् । मिक्लाजुङ-२ कि ति १६ वर्षीया बालिकाले गत भदौ २७ गते घरमै झुन्डीएर आत्महत्या गरेको थिइन् ।
पक्राउ परेका राईले आत्माहत्या अगाडि ती बालिकासँग फेसबुकमा बार्तालाप गर्ने गरेको र पछि वेवास्ता गर्न थालेपछि राइले बालिकाको नामबाट नक्कली फेसबुक एकाउण्ट बनाएर अस्लिल सामग्री राख्ने गरेको पाँचथर प्रहरीका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए । नक्कली आइडी बनाइ चरित्रहत्या गरी मानसिक यातना दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आफ्नी छोरीलाई नक्कली एकाउन्ट निर्माण एवं प्रयोग गरि आत्माहत्याको लागि बाध्य बनाएको भन्दै युवक राई विरुद्ध मृतक बालिकाका बाबुले प्रहरीमा उजुरी दर्ता गरेका थिए । उजुरीको आधारमा आरोपितलाई बुधबार झापा प्रहरीसँग समन्वय गरी पक्राउ गरेको हो । आरोपितलाई अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको सूचना अधिकारी सन्तोष राईले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ५ : ०२ बजे