पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा पुनः नेम्बाङ्ग र आङदेम्बेको प्रतिस्पर्धा

नेम्बाङ्ग र आङदेम्बे बीच दोस्रो पटक चुनावी प्रतिस्पर्धा


पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ्ग र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेले मनोनयन दर्ता गराएका छन ।
नेम्बाङ्ग र आङदेम्बे बीच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
आफ्ना कार्यकर्ताको उपस्थिति सहित दुवै नेता मनोनयन दर्ता गराउन सदरमुकाम फिदिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
एमाले नेता नेम्बाङ्ग २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सहमहामन्त्री आङदेम्बे लाई पराजित गरि निर्वाचित भएका थिए ।
नेम्बाङ्ग तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका भैतिक निर्माण तथा यातायात मन्त्री भएका हुन । उनले उमेद्वारी दर्ताको क्रममा संचारकर्मि माझ चुनावी मैदानमा उत्रिनुको कारण यसअघि मन्त्री हुँदा सुरु गरेका र सुरु गर्न बाँकी कामहरू पूरा गर्नु रहेको बताए । आफ्नो कार्यकालमा जिल्लाको विकास गतिविधिले गति लिएको समेत दावि गरे ।
उनले भने “तीसौँ वर्षमा नभएका काम यो ३र४ वर्षमा समग्र पूर्वाधार निर्माणदेखि लिएर यहाँको हरेक क्षेत्रको विकासलाई अघि बढाइएको छ, पाँचथर जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान चालियो, केही काम बाँकी छ, खानेपानी स्रोत भएकाहरूमा करोडौँका योजनाहरू सुरु भएका छन् ।”
सह(महामन्त्री आङ्देम्बेले समेत जिल्लाको समग्र विकासको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको र यो गठबन्धनले मात्र निर्वाचन पस्चात स्थिर सरकार दिन सक्ने दावि गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५६ बजे