पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य सुरु भएको छ ।
सदरमुकाम फिदिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान ११ बजेबाट मनोनयन पत्र दर्ता सुरु भएको हो । दिउँसो १२ः३० बजेसम्म जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमुक्ती पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा नेपालबाट प्रतिनिधि सभा सदस्यमा मदनकुमार पोखरेल, प्रदेश सभा क्षेत्र नं. क मा नेत्रबहादुर बस्नेत र प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख मा चन्द्रमाया बोहोराको उम्मेदवारी दर्ता भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिनिधि सभा सदस्यमा जसबहादुर योङहाङ, प्रदेश सभा क्षेत्र नं. क मा सागर केरुङ र प्रदेश सभा क्षेत्र नं. ख मा दीपेन्द्र चेम्जोङ (लाबाहाङ) उम्मेदवार भएका छन ।
जनमुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्यमा नरेन्द्र कुरुम्बाङ,प्रदेश सभा क्षेत्र नं. क मा दुर्गा साँवा र प्रदेश सभा क्षेत्र नं. ख मा सुर्य तुम्बापोको उम्मेदवारो मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य राजनीतिक दलहरुले भने उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिउँसो २ बजे पछिको समय लिएका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ०२ बजे