पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । सहकर्मी महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङमा एक प्रहरी निरीक्षक / इन्सपेक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अपूर्व ढुंगाना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार ढुंगानालाई शनिबार पक्राउ गरिएको हो ।
खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि राति जबरजस्ती करणी उद्योग गरेको खबर पाएपछि उनलाई जिल्ला झिकाइएको थियो ।
जाहेरी परेपछि काठमाडौंमा रहेका ढुंगानालाई धादिङ झिकाएर अनुसन्धान अघि बढाइएको डिएसपी खत्रीले जानकारी दिए।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : १६ बजे