पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । कमल गाउँपालिकामा गए राति दुई जनाको हत्या भएको छ ।
कमल गाउँपालिका–२ स्थित सिमलडाँगीमा २३ वर्षका चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले गए राति साढे १० बजे भिन्न-भिन्न सुतिरहेका ५० वर्षीया आमा र सोहि उमेरका काकालाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको बताए ।
घटनाको जानकारी पाए लगत्तै हत्या गरेर भाग्दै गरेका चन्द्र माझीलाई तत्कालै इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको उनको भनाई छ ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी सबलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको बताईएको छ ।
पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ०४ बजे