पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम स्थित जिल्ला हुलाक कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिबार दिउसो एक ‌औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको हो ।
जिल्ला स्थित क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, फिदिम नगरपालिकाका मेयर, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी र संचारकर्मिको उपस्थित विच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश टिकेन्द्र दाहालले साइनबोर्ड बाचन गरेर उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै दाहालले विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको बताए । उनले निर्वाचनलाई निस्पक्ष, स्वच्छ र भयरहित बनाउन जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर आयोगको कार्यालय अगि बढ्ने बताए ।
पाँचथर जिल्लामा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र एक र प्रदेशसभाका दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । आसन्न निर्वाचनका लागि पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेका छन । १ सय २ मतदान केन्द्र र १ सय ७७ मतदान स्थल कायम गरिएको निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : ४८ बजे