पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर सदरमुकाम फिदिम नगरपालिका ४ मध्यपहाडी लोकमार्ग जोरसाल-माझिटार खण्डमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
माझीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुस्मिताको शरीरमा चोटपटक लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : ११ बजे