पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको सदरमुकाम फिदिम बजारमा संकलन हुने फोहोरबाट प्राङगारिक एवं जैविक मल उत्पादन गर्ने कारखाना (प्लान्ट) निर्माणका लागि फिदिम नगरपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट, ईलाम बीच सम्झौता भएको छ ।
फिदिम ०४ थाक्ले-सालघारी स्थित नगरको डम्पिङ क्षेत्रमा प्लान्ट स्थापनाको लागि नगरपालिकाले निर्माण कम्पनि एग्रोएकोलोजीलाई नगद ६ लाख १८ हजार, ५ रोपनी जग्गा, नगरको डम्पिङ क्षेत्रमा रहेको भवन र आवस्यक सामग्री उपलव्ध गराउने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा जैविक मल उत्पादनका लागि आवश्यक जनशक्तिलाई तालिम, कर्मचारी व्यवस्थापनका कार्यहरु एग्रोएकोलोजीको दायित्व अन्तर्गत राखिएको छ । उत्पादित मलको बजारिकरण र व्रान्डिङ गर्ने दायित्व पनि एग्रोइकोलोजीलकै हुने संझौतामा उल्लेख छ ।
२ वर्षको अवधि राखि भएको संझौतामा निर्माण कम्पनी एग्रोएकोलोजीले घरबाट निस्किने फोहोरबाट मल उत्पादन गरी बिक्री गर्नेछ । मल बिक्री बाट प्राप्त आम्दानी नगरलाई संझौता अनुसार उपलब्ध गराउने उल्लेख छ । उक्त आम्दानी नगरले कृषि उद्यम र विकासका लागि लगानी गर्ने नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए ।
सम्झौता बुधबार फिदिम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहाल र एग्रोइकोलोजीका अध्यक्ष माधवी मगरले हस्ताक्षर गरेका छन । एग्रोइकोलोजीले इलामको फिक्कलमा मुख्य कार्यालय स्थापना गरी विगत १४ वर्षदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : १७ बजे