पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बिर्तामोड । झापाको विर्तामोडमा घरको चार तला माथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्य रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो । उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ४० बजे