पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । स्थानिय तह सदस्य निर्वाचन २०७९ मा पाँचथर जिल्लाका स्थानीय तहका अधिकाशं निर्वाचित एवं पराजित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण नबुझाएको देखिन्छ । समयमा खर्च विवरण नबुझाउने उनिहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
आयोगले तोकेको सयय सिमामा खर्च विवरण नबुझाउनेहरुमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने छन । उनिहरुलाई आयोगले ४ लाख ५० जरिवाना तोकेको छ ।
६ जना गाँउपालिकाका अध्यक्ष, ५ जना उपाध्यक्षहरुले समेत खर्च विवरण बुझाएका छैनन् । उनिहरुलाई आयोगले ३ लाख ५० जरिवाना तोकेको छ ।
फिदिम नगरपालिकामा प्रमुखको उमेद्वार बनेर पराजित भएका नेकपा एमालेका पृथ्वी लावती, जनता समाजबादी पार्टीका विष्णु कुमार लावती, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका देउकुमार नेम्बाङ लाई ४ लाख ५० हजार जरिवाना तोकेको छ ।
नगरपालिकामा उपप्रमुखको उमेद्वार बनेर पराजित भएका नेकपा जनता समाजबादी पार्टीका भावना सुब्बा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका सुनिता केरुङ, जनमुक्तिी पार्टीका सनम तुम्बापो र राप्रपा र एमालेको गठबन्धनका उमेद्वार जगत प्रसाद थापामगरलाई जनही ४ लाख ५० जरिवाना तोकेको छ ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती, फाल्गुनन्द गाउँपालिका बृजहाङ आङदेम्बे, फालेलुङका विरबिक्रम थाम्सुहाङ, हिलिहाङका समरबहादुर अधिकारी, तुम्बेवाका बाबुराम खड्का, मिक्लाजुङका अमरराज माखिमलाई आयोगले ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
कुम्मायक गाँउपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एमालेका भिमप्रसाद सम्बाहाम्फे, राप्रपाका मदन खालिङ, स्वतन्त्र उमेद्वार सुर्यकुमार राई लाई ३ लाख ५० हजार जरिवाना तोकिएको छ ।
मिक्लाजुङ गाउँपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका एमालेका नरेन्द्र बस्नेत, राप्रपाका छत्रबहादुर बस्नेत, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका भानुभक्त फियाक पनि जरिवानामा परेका छन् ।
फाल्गुनन्द गाउँपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका एमालेका बिरबहादुर कुरुम्बाङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अर्जुन चेम्जोङ, राप्रपाका दलसोर चेम्जोङ र जनमुक्ती पार्टीका इच्छाबहादुर चेम्जोङ पनि जरिवानामा परेका छन् ।
फालेलुङ गाँउपालिकामा अध्यक्षमा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका एमालेका जयप्रकाश केरुङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका कुमार केरुङ, राप्रपाका देबेन्द्र खत्रि पनि जरिवानामा परेका छन् ।
हिलिहाङ गाँउपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एमालेका भवानी लिङदेन र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका भवानीबिक्रम लिङदेन र स्वतन्त्र उम्मेद्धार गजेन्द्र प्रसाद हेम्बिया पनि जरिवानामा परेका छन् ।
याङवरक गाँउपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेपाली कांग्रेसका मबिन्द्र योङया, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका सुरेन्द्र लावती जरिवानामा परेका छन् ।
तुम्बेवा गाउँपालिकामा अध्यक्षमा उमेद्वार बनेर पराजित भएका एमालेका गोबिन्द बहादुर तामाङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दल प्रसाद लावती जरिवानामा परेका छन् ।
कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, तुम्बेवा गाउँपालिकाका खड्क सुन्दर सम्हाम्फे, फाल्गुनन्दका ठाकुरसिं नेम्बाङ, हिलिहाङ गाउँपालिकाकी सुमित्रा सेढाई र मिक्लाजुङका सन्तकुमार सेर्मालाइ आयोगले ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
कुम्मायक उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एमालेका सिता आर्चाय, राप्रपाकी रोशनी बोहोरा लाई ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
तुम्बेवा गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एमालेकी नन्दाकुमारी विश्वाकर्मा, फालेलुङ गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका एमालेकी सुजता बान्तवा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी मायादेवी मेङवो पनि जरिवानामा परेका छन् ।
फाल्गुनन्द गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका जनता समाजबादीकी बबिता नेम्बाङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी सर्मीला बम्जन, राप्रपाकी इन्द्रकुमारी चेम्जोङ पनि जरिवानामा परेका छन् ।
मिक्लाजुङ गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एमालेकी धनमाया सारु, जनता समाजबादी पार्टीकी मनमाया आङदेम्बे पनि जरिवानामा परेका छन् ।
याङवरक गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा माओबादी केन्द्रका अर्जुनकुमार बेघा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी रमला फेदाप, जनमुक्ती पार्टीका होमप्रसाद नुगु पनि जरिवानामा परेका छन् ।

हिलिहाङ गाउँपालिकामा उपाध्यक्षमा उमेद्वार बनेर पराजित भएका नेकपा एकृकित समाजबादीका भवानी प्रसाद लिङदेन जरिवानामा परेका छन् ।
निर्वाचित मध्ये याङवरकका अध्यक्ष भीम बहादुर योङ्या ९सुवास० र उपाध्यक्ष बाबा मेयाङ्बो दुबैले समयमा चुनावी खर्च बुझाएको पाइएको छ । फालेलुङ गाउँपालिकामा निर्वाचित भएका उपाध्यक्ष महेन्द्र हाङ जवेगुले खर्च विवरण बुझाएको पाइन्छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने कानुनी ब्यवस्था छ । आयोगले समयमा खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधेको थियो । स्प्रष्टिकरण सोधपछि समेत खर्च विवरण नबुझाउने निर्वाचित जनप्रतिनिधि र उमेद्वारलाई आयोगले जरिवाना तोकेको हो ।
पाँचथर जिल्लाको १ नगरापालिका र ७ गाँउपालिकाका ३ सय ६६ जना निर्वाचित र ५ सय ६४ जना पराजित उमेद्वारले आयोगले दिएको समयसिमामा खर्च विवरण बुझाउनु पर्नेमा निर्वाचित १ सय १८ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमारप्रसाद भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार, १ सय २३ जना उम्मेदवारले स्पष्टीकरणसहित खर्च विवरण बुझाएका छन । बाँकी नबुझाउनेलाई आयोगले थप स्पष्टीकरणसहित कारबाहीको प्रक्रियाको अघि बढाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ९ को दफा ६४ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले तीस दिनभित्र निर्वाचन आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने र सो कार्यालयले आयोगमा पठाउनुपर्ने उल्लेख छ । यस्तै दफा ६४ को उपदफा ५ मा निर्वाचन प्रचार प्रसारको खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेद्वारलाई निर्वाचन आयोगको प्रचलित संङघीय कानुन बमाजिम जरिवाना गर्न सक्ने उल्लेख छ ।
देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुखरउपप्रमुखका उम्मेदवार जरिवानामा परेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ४८ बजे