पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल भाद्र २३
अन्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

दिवसको अवसरमा फाल्गुनन्द १ स्थित सिद्धदेवी मावि नवमीडाँडामा आधारभूत तह (कक्षा१–५) का विद्यार्थीहरुको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिका वडा नं.१ अन्तर्गतका ८ वटा विद्यालयको सहभागिता रहेको हाजिरिजवाफ प्रतियोगितामा हरिनाथ आधारभूत विद्यालय प्रथम, सिद्धदेवी माध्यमिक विद्यालय द्धितिय र सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागी तृतिय भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा सहभागी सम्पूर्ण विद्यालयहरुलाई सिद्धदेवी माविका प्रधानाध्यापक विरेन्द्र कुमार खड्काले पुरस्कार वितरण गरेका छन ।
यसैगरी दिवसकै अवसरमा फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा पनि विद्यार्थीहरुको हेन्डराइटिङ (हस्तलेखन) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समिर नेम्वाङ प्रथम, निर्मल दुलाल द्धितिय, निश्चल दुलाल तृतिय र अस्मिता बाँस्तोला शान्त्वना भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : १७ बजे