पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेकपा (एमाले) पाँचथरले बहुप्रतिक्षित राँके–रबि–भेडेटार सडकको ठेक्का रद्ध गरी नयाँ ठेक्का लगाउन माग गरेको छ ।
गत आईतबार बसेको एमाले पाँचथर जिल्ला कमिटीको छैटौं बैठकले सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दै नयाँ ठेक्का प्रक्रियामा जान सरकार संग माग गरेको हो ।
भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७५ सालमा काम शुरु गरेपनि अहिलेसम्म १८ प्रतिशत काम हुनु ठेकेदार कम्पनिको चरम लापवाही रहेको ठहर गर्दै ठेक्का तोडि नयाँ प्रकृयामा जान उपयुक्त हुने एमाले पाँचथर अध्यक्ष राजकुमार भन्डारीद्वारा जारी प्रस्तावमा उल्लेख छ ।
एमाले पाँचथरले ठेक्का रद्ध गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारेको छ । ‘यो ठेकेदार कम्पनीको कार्यसम्पादन गर्ने विश्वसनियता नरहेको हुँदा तत्काल ठेक्का रद्ध गरी अर्को टेण्डर आव्हान गरेर उक्त कालोपत्रे सडक निर्माण सम्पन्न हुन्छ भन्ने आम जनतालाई विश्वास दिलाउने काम गर्न गठबन्धन सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ ।
नेपालीका मुख्य चाडपर्वहरु नजिकिएका सन्दर्भमा यस सडकमा सवारीका साधन सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै एमाले पाँचथरले आवश्यक बजेटको ब्यवस्था गरी बाटो मर्मत गरेर यातायता आवागमन सहज बनाउन सरकार संग आग्रह गरेको छ ।

नेकपा एमाले पाँचथरले जारी गरेको सार्वजनिक महत्वको प्रस्ताव

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : ३१ बजे