पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेकपा एमाले पाँचथरले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङलाई सर्वसम्वत सिफारिस गरेको छ ।
आइतबार बसेको एमाले पाँचथरको छैटौँ जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सिफारिसको निर्णय गरेको हो । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा एमालेको तर्फबाट उनी सर्वसम्मत सिफारिस भएका हुन् । पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा पाँचथर जिल्ला इन्चार्जसमेत हुन् ।
त्यसै गरि शनिवार सदरमुकाम फिदिममा सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको पूर्ण बैठकले पाँचथर प्रदेशसभा क को प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेशसभा क को लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पाँचथर सहइन्चार्ज श्रीप्रसाद जबेगू, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, खगेन्द्र बाँस्कोटा समेत आकाङ्क्षि भए पनि सहमतिमा भन्डारीको उमेद्वारी सिफारिस भएको प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक नरबहादुर गुरुङले जानकारी दिए ।
प्रदेशसभा निर्वाचन क्षेत्र ख मा भने आकाङ्क्षी नेताहरुवीच समझदारीको प्रयास भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : १७ बजे