पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

हेटौडा । हेटौंडा उपमहानगरपालिका– ४ का वडाध्यक्ष नविन सिग्देल ७ भदौ मंगलबारका दिन आफ्नै कार्यकक्षमा कुटिएका छन् । सिग्देलले आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिग्देलमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाले घटनामा संलग्न व्यक्तिहरुको जानकारी दिन नमिल्ने उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : २३ बजे