पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

ईलाम । नेकपा एकीकृत समाजवादी इलामले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ। त्यस्तै इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि इलाम-१ (क) र (ख) मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
इलाम-२ (क) र (ख) मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  २ : ५४ बजे