पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । कक्षा ५ मा अध्ययनरत १२ बर्षकि छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाँचथरको याङवरक गाउँपालिका – ४ थर्पू स्थित सनराईज बोर्डीङ स्कुलमा कार्यरत शिक्षकले आफ्नै विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थिलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो । आरोपि शिक्षक बर्ष २५ का सरजित ठटाल भारतको रिम्बिक घर भई केहि बर्ष अधि देखि उक्त बिद्यालयमा पढाउदै आएको बुझिएको छ ।
शुक्रबार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलत्कार गरेको भनि पिडितका नातेदारले प्रहरीलाई जानकारी गराए पछि शनिबार आरोपितलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

नावालिकाको परिबारले आईतबार जाहेरी दिए पछी आरोपिलाई जिल्ला अदालत पाँचथरबाट ५ दिनको म्याद थप गरि घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारि दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ४९ बजे