पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । अनलाइन गेम मार्फत जुवा खेलाउने र कन्सल्टेन्सी मार्फत सरकारी कागजात एवं दस्तखतहरुको किर्ते गरी दुरुपयोग गर्ने गिरोहलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।

ल्यापटप ताथ मोवाइलको प्रयोग गरी इन्टरनेट मार्फत विभिन्न गेमहरुका नाममा जुवा खेलाउने र जापान पठाउने, आयल्सका कक्षाहरु सञ्चालन गर्ने बहानामा सरकारी कागजात र दस्तखतहरु दुरुपयोग गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकमा गरेको पत्रकार सम्मेलनमा जनाइ अनुसार पक्राउ पर्नेहरुमा दमक ८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्य दमक ८ का २५ बर्षिय सतप्रकाश साह र दमक ७ का २७ बर्षिय राजु श्रेष्ठ, कमल २ स्थायी घर भएका योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक ३० बर्षिय अरुण कार्की र ब्रिटिश आर्मी तालिम केन्द्रका सञ्चालक दमक ८ का राजु लिम्बु रहेका छन ।
अनाधिकृत रुपमा कन्सल्टेन्सीमा अध्ययन तथा शैक्षिक परामर्शका क्रममा बिद्यार्थीहरु आउँदा ल्याएका कागजातका आधारमा एनसेलका सीमहरु निकाल्ने, अनुमति बिना सयौं बिद्यार्थी तथा अन्य सर्वसाधारणका नाममा कागजातहरु जुटाएर इसेवा आइडी मार्फत ८८ लाख रुपैयाँ सम्म कारोबार गरेको प्रहरीको दाबी छ । प्रहरीले पदमा कन्सल्टेन्सी र फोटो स्टुडियोबाट ठुलो संख्यामा ल्यापटप, मोवाइल र प्रयोगमा आएका तथा नआएका सीमहरु समेत बरामद गरेको छ ।
सो कन्सल्टेन्सी, ब्रिटिश तालिम केन्द्र र फोटो स्टुडियोका सञ्चालकहरुको मिलेमतोमा शिक्षा मन्त्रालयको स्टाम्प ९छाप०, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको नाममा नक्कली तथा किर्ते छापका साथै विभिन्न बिद्यालय र प्रधानाध्यापकहरुको नाममा छाप र दस्तखतहरु किर्ते गरेर जापान जान चाहने बिद्यार्थीहरु , ब्रिटिश आर्मीमा भर्ति हुन चाहने सर्वसाधारणका छोराछोरीलाई झुक्याउने, उनीहरुका नाममा सिमहरु निकालेर इसेवा आइडीहरु बनाएर अनलाइन गेम सटटेबाजी खेल खेलाउने धन्दा चलाएको प्रहरीको भनाई छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरी नेतृत्वको टिमले गहिरो अनुसन्धानपछि सो गिरोहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए ।
पक्राउ परेको यो समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी गिरीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ४८ बजे