पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका – ५ का एक युवाको अज्ञात (पहिचान नखुलेको) जीवको टोकाईबाट मृत्यु भएको छ ।

कुम्मायक – ५ भुल्के घर भएका ४२ वर्षका हरी चन्द्र निरौला संखुवासभाको भोटखोला गाउँपालिका – ४ को अपर अरुण जलविधुत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका थिए । नाम नखुलेको जिवको टोकाईका कारण पाँच दिनदेखि विरामी परेका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


निरौला अज्ञात जिवको टोकाइबाट बिरामी परेका थिए । भौगोलिक बिकटताको कारणले समयमै उपचार हुन नसक्दा उनको मृत्य भएको बताइएको छ । निरौलाका श्रीमती एक छोरा र एक छोरी गरी तीन जनाको परिवार रहेका छन ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १२ : ३७ बजे