पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तेह्रथुम । अरिँगालको टोकाइबाट तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ वर्षीय युवक मिलन कन्दङ्वाको मृत्यु भएको छ ।
मंगलबार राति चुहानडाँडाको हिलेमा आफ्ना साथिहरुसंग अरिँगाल पोल्न गएका कन्दङ्वालाई अरिँगालले टोकेको थियो । टोकाईबाट गम्भीर भएका कन्दङ्वालाई उपचारको लागि झापाको विर्तासिटी अस्पतालमा लगिएको थियोे । उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : ०९ बजे