पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवारवादलाई प्रोत्साहन गरेर लोकतन्त्रको सुन्दर पक्षलाई कुरुप बनाउन आफूले नचाहेको बताएका छन ।
आइतबार काठमाडौमा आयोजना गरिएको युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताए।
ओलीले थपे, ‘मेरो आफ्नो र अर्को भन्ने हुँदैन । तपाईंहरुले मेरो भाइ छ आफ्नै, मेरो बुवाको छोरा भन्ने सुन्नुभएको छ । उसले राजदूत, एमडी हुन बल गरेको छ ? अहिले पनि १० कठ्ठा जमिनमा हलो जोतेर बस्छ । वडा कमिटीमा संगठित छ । उसले थाहा पाएदेखि राजनीति गर्या हो । तर भद्रपुर नगरपालिकाको वडा कमिटीमा छ । मेरो भाइले संसदमा उम्मेदवारी पाउनेवाला छैन । तपाईंहरु ढुक्क हुनुस् । मेरो आफ्नै भाइ किन वडा कमिटीमाछ भने उसले गरेकै काम त्यत्ति हो । जसले जे गर्छ त्यसअनुसारको जिम्मेवारी पाउँछ । खुशीसाथ आफ्नो काम गर्छ र जिविका चलाउँछ।ु
‘आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए । एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने अध्यक्ष ओलीको भनाइ छ ।
‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ। योग्यता पुगेकाहरूले टिकट पाउनेछन्। कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ३३ बजे