पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका ९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ ।
झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : १५ बजे