पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्तामा सुरेश शाह नियुक्त भएका छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले सुरेश शाहलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो । उनि पाँचथर फिदिमका स्थायी बासिन्दा हुन ।
गत ६ असारमा भएको निर्वाचनमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि बसेको दोस्रो बैठकले एन्फामा प्रवक्ता नियुक्त गरेको हो ।
एन्फाको पहिलो कार्यसमिति बैठकले किरण राईलाई महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेपनि प्रवक्ता नियुक्त गर्न बाँकी थियो । प्रवक्ता नियुक्ति भएका शाह जिल्ला फुटवल संघ पाँचथरका पूर्वअध्यक्ष एवं फिदिम स्पोर्टिङ क्लबका संस्थापक अध्यक्ष समेत हुन ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ०९ बजे