पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर सदरमुकाम फिदिम बजार मेनलाईन स्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा एक सुत्केरी महिलाको मृत्यू भएको छ । फिदिम नगरपालिका वडा नं. ०६ सिवाकी १९ बर्षिया करिना फागो (तुम्रोक) को आईतबार विहान २ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दीएको हो ।
२१ गते शनिवार विहान ८ बजे नर्मल डेलिभरी भएको र डेलिभरी पस्चात दिउसोभर उनको अवस्था सामान्य रहे पनि बेलुका ९ बजे शरिरमा रगतको मात्रा कम देखिएको हुदा थप रगत दिइएको त्यसपछि रक्तश्राव समेत रोकिएको तर अचानक प्रेशर घटन गई उपचारमा जटिलता देखिएको र मृत्यू भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्पतालका चिकित्सकले यसलाई मेडिकल भाषामा PPH भई ARDS मा गएका कारण भएको मृत्यु भनिने बताए ।
मृतक महिला केहि दिन अगि जिल्ला अस्पताल पाँचथरमा चेकजाँचको लागि गएको र त्यहाँ चेकजाँच गर्दा चिकित्सकले बच्चाको तौल कम रहेकोले यहाँ अस्पतालमा डेलिभरी गर्न असम्भव रहेकोले अन्य ठूलो अस्पतालमा जान सुझाव गरेको पारिवारीक श्रोतको भनाई छ ।
आईतबार दिउसो मध्यान्न सम्म मृतकको शव अस्पतालमानै रहेको छ । अस्पताल परिसरमा आफन्तजन, बजारबासी र सुरक्षाकर्मिको बाक्लो भिड रेहेको छ । मृतकका श्रिमान काठमान्डौं रहेको र आएपछि मात्र पिडित पक्षले अस्पताल प्रशासन संग छलफल गरि शव बुझ्ने जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : २१ बजे