पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुम जोड्ने लुभुघाटको पुल छिटो सम्पन्न गरिदिन सम्बन्धित निर्माण ब्यवसायिलाई कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले आग्रह गरेका छन ।
लावतीले पुलको ठेक्का लिएका स्वछन्द निर्माण सेवाका अध्यक्ष जयराम लामिछानेलाई उनकै कार्यालयमा भेटेर पुल निर्माण छिटो सक्न आग्रह गरेका हुन । उनले भने, ‘लामो समयमा समेत पुल निर्माण नहुदा दुवै जिल्लाका जनताले सास्ती भोग्नु परेको छ, छीटो निर्माण होस र दुवै जिल्लाका नागरिकलाई आवतजावत गर्न सजह होस भनेर भएको समस्या समेत अवगत गराईएको छ ।’
ठेकेदारले भेटका क्रममा मंशिर सम्ममा निर्माण सम्पन्न हुने जवाफ दिएको र अब पनि निर्माणमा ढिलाई भए गाउँपालिकाले प्रचलित कानुन अनुसार ठेकेदारलाई कारवाही गर्ने जानकारी गरिएको अध्यक्ष लावतीले शक्तिपोष्टलाई बताए ।
२०७२ असार २६ गते सक्ने गरी स्वच्छन्द निर्माण सेवा प्रालिले १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अवधि बितिसक्दा पनि काम नसकिएपछि यस क्षेत्रका जनप्रतिनिधिले आवाज उठाउदै आएका छन्।

पहिलो चरणमा निर्माण गरिएको लुभुघाट पुलको पिलर स्तम्भ तश्विर ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०८ बजे