पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

चितवन – पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ०३ बजे