पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रेका लागि ठेक्का खुलेको छ । तमोर कोरिडोरको धनकुटा मूलघाट देखि पाँचथरको अमरपुरडाँडा खण्ड १ सय १० किलोमिटर कालोपत्रे हुने भएको हो ।
पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। मुलघाट दिखि अमरपुर गणेशचोकसम्मको १ सय १० किलोमीटर सडक दुई खण्डमा कालोपत्रे गर्ने गरी ५ अर्ब ७६ करोडमा ठेक्का खुलेको हो।
तमोर कोरिडोर निर्माणको लागि दुई खण्डमा सडक आयोजनाहरुको निर्माण कार्य थालिएको छ । पहिलो खण्डः चतरा – मूलघाट – सुभाङ खोला सडक योजना र दोश्रो खण्डः सुभाङखोला – दोभान ओलाङचुङगोला सडक योजना । पहिलो खण्ड आयोजनाको लागि सुनसरीको धरानमा कार्यालय स्थापना गरिएको छ भने दोश्रो खण्डको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङमा कार्यालय रहेको चतरा – मूलघाट – सुभाङ खोला सडक योजनाका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।
उनका अनुसार ुएक महिनाको म्याद राखेर मंगलबार ठेक्का खुलाईएको छ । उनले भने, ‘तमोरको किनारै किनार बन्ने डबल लेनको यो सडक नेपालकै नमुना सडक बन्ने छ’। ‘पूर्वी पहाडलाई तराई जोड्ने छोटो सडक हुनुका साथै आर्थिक हिसाबले पनि यो महत्वपूर्ण छ।’ आसपाल प्रविधिको कालोपत्रे गर्ने गरि ठेक्का खुलाइएको हो । यो खण्डमा पर्ने ८ वटा पुलमध्ये ७ वटाको ठेक्का लागि सकेको छ ।
चतरादेखि गणेशचोक १ सय ५८ किलोमीटर रहेको छ। मुलघाटदेखि चतरा खण्डको भने कालोपत्रेको ठेक्का खुलेको छैन। पाँचथरको सुभाङखोलादेखि तमोर करिडोर ताप्लेजुङको टिप्लतासम्मका लागि अघि बढ्छ। टिप्तला नेपाल–चिन सिमानामा पर्छ। यो सडक सम्पन्न हुनेहो भने उत्तर–दक्षिणी छोड्ने छोटो सडक बन्ने छ। टिप्तलादेखि रानीभन्सार ३ सय किलोमीटर रहेको छ।
चतरा–अमरपुरडाँडा खण्डको सडक ग्राबेल स्तरको बनेपछि यहाँ चहलपहल बढ्दै गएको छ। धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बासिन्दाका लागि यो सडक महत्वपूर्ण मानिन्छ। यो सडकले पूर्वि पहाडका बासिन्दालाई प्रदेश र संघीय राजधानी जान बाटो छोट्याएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : २६ बजे