पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्से बनाएका हुन् ।
अध्यक्ष साउदको सिफारिसमा जयसरालाई करारमा नियुक्ति दिइएको गाउँपालिकाले जनाएको छ । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको भण्डारीले बताए ।
करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ५५ बजे