पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा घरभित्र मृत भेटिएका एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तारकेश्वर नगरपालिका-२ पदमछलमा बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे छन् ।
एकजनाको शव नाडी काटिएको र पेटमा छुरा हानेको अवस्थामा रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने । अन्य तीनको भने हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले परिवारकै कोही सदस्यबाट हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।
‘शव हेर्दा हत्यापछि आत्महत्या गरेजस्तो देखिन्छ । तर, अहिले नै निष्कर्ष निकालिहाल्न सकिने अवस्था छैन’, ती अधिकारीले भने ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : १७ बजे