पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। सहकारीले रकम हिनामिना गरेको विषयमा नगरप्रमुख साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।
धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।
‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ?” साम्पाङले लेखेका छन्।
उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : ३२ बजे